काठमाण्डौं : लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्टको एकदिने “प्रमाणित गाईडिङ लायन्स कार्यशालाˮ सम्पन्न भएको छ । लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा बिहिबार काठमाण्डौंमा एकदिने कार्यशाला सम्पन्न गरिएको हो । कार्यशालाले डिस्ट्रिक्ट ३२५ के नेपालका चार दर्जन लायन्स लिडरहरुलाई क्लवको गाईडिङ लायन्स प्रशिक्षक तयार गरेको छ ।

कार्यशाला गोष्ठीको उद्घाटन गर्दै लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालकी डिष्ट्रिक गभर्नर सुचित्रा थापाले डिस्ट्रिक्टको यसप्रकारका योजनावद्ध तयारीले गन्तव्यमा पुग्न सहज हुने बताउनु भयो । उहाँले आगामी वर्षको नेतृत्वले पनि गाईडिङ लायन्सको प्रशिक्षणबाट लायन्सको इतिहास मात्र नभई समग्र सेवाहरुका बारेमा थाहा पाउन सजिलो हुने कुरामा जोड दिनुभयो ।

डिष्ट्रिक्ट गभर्नर (इलेक्ट) नीरा बज्राचार्यले गाईडिङ लायन्सको ज्ञानले गर्दा क्लवलाई एउटा गतिमा अगाडि बढाउन यसले मद्धत पुग्ने विश्वास व्यक्त गर्दै सबैको साथ र सहयोगको कामना गर्नुभयो ।

कार्यक्रममा डिष्ट्रिक्ट सेकेण्ड भाइस गभर्नर इलेक्ट रमेश अधिकारी, क्याबिनेट सेक्रेटरी शैलेन्द्र दाहाल, अन्तराष्ट्रिय डाइरेक्टर स्पाउस ज्ञानु बुर्लाकोटी, लिड टु चेन्ज चीफ मुना थापा, न्यू भ्वाइस इनिसियटीभ चीफ सुधा थापा, एनएलएफ चीफ श्रीकृष्ण मानन्धर लगायतले गोष्ठिमा गहन छलफल गरेर योजना तर्जुमा गर्न आग्रह गर्नु भयो ।

कार्यशालामा डिष्ट्रिकका क्लस्टर चीफ, रिजोन-जोन चियरपर्सन लगायत विभिन्न विभागिय प्रमुखहरु तथा क्लवका पदाधिकारी एवं सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रमको प्रशिक्षण लायन्स अन्तराष्ट्रियका फ्यासीलेटर लायन बिनय रत्न शाक्यले गर्नुभएको थियो ।

कार्यशाला प्रशिक्षणमा सदस्यता ग्रहण गरेदेखी लायन्सको विभागिय जिम्मेवारीमा रहने लायन्स लिडरहरुले पालना गर्नुपर्ने नियम तथा समग्र रुपमा गाईडिङ लायन्सको बारेमा प्रशिक्षण दिइएको थियो ।

उक्त कार्यशालामा सहभागी रिजन -८ का चियरपर्सन तथा क्लस्टर चिफ (मनोनित) गणेश जिसीले समग्र लायन्सको वर्तमान अवस्थाका बारेमा कसरी काम गर्ने तथा कुन कुन जिम्मेवारीमा रहेको अवस्थामा क्लबको अध्यक्षदेखी माथिल्लो तहसम्मको विभिन्न पहुँच तथा रिपोर्टिङका बारेमा गहन रुपमा सिक्ने अवशर मिलेको बताउनुभयो ।

साथै उहाँले लायन्सको यस प्रकारका कार्यशाला एवं प्रशिक्षणहरु क्लब लेबलको अफिसर्सको रुपमा निर्वाचित भएर आउने नयाँ पदाधिकारी (PVST) तथा क्याबिनेट अफिसर्सलाई लक्षित गरी स्कुलिङका रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । कार्यशालामा सिकेका ज्ञानलाइ सबैले उतार्न सके भविष्यमा “we serveˮ को नारालाई जनजनमा पुर्याउन निकै नै सहज हुने बताउनुभयो ।

कार्यशालामा लायन्सले जान्नैपर्ने नियमहरु नयाँ सदस्यता ग्रहणसँगै सिक्नुपर्ने विभिन्न बिषयगत ज्ञान तथा तहगत जिम्मेवारीमा रहने हरेक लायन्स लिडरहरुले गर्नुपर्ने रिपोटिङ तथा सेवा गरेवापत पाउने सम्मान तथा मेडलहरुको बारेमा स्पट टेस्ट सहितको प्रशिक्षण दिइएको थियो । कार्यशालापछी डिस्ट्रिक्ट गर्भनर सुचित्रा थापाले फेशिलेटर लायन बिनय रत्न शाक्यलाई  मायाको चिनो प्रदान गर्नुभएको थियो ।