प्रहरीले कसरी काम गर्छ, प्रहरीले देश र समाजका लागि के योगदान गरिरहेको छ भन्ने आम मानिसमा जनचेतना एवं जानकारी दिने अभिप्रायले तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जिम्मेवारी समालेपछि ११ कात्तिक ०७५ मा ‘समुदाय प्रहरी साझेदारीको नयाँ अवधारणा सार्वजनिक गरेका हुन् ।

सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरूप स्थानीय तह र स्थानीय प्रहरी इकाईबीच प्रभावकारी समन्वय र सहकार्यबाट स्थानीय विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृत रूपमा अगाडी बढाउने उद्देश्यले समुदाय-प्रहरी साझेदारी निर्माण गरिएको छ ।

नेपाल प्रहरी र स्थानीय तहबीच समझदारी गरेर साझा संयन्त्र मार्फत् सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न समुदाय प्रहरी साझेदारीको अवधारणा ल्याइनु बास्तविक भएको हालसम्मका विभिन्न कार्यक्रमहरुले पुष्टी गरेका छन् ।

यो अवधारणा थालनी भएको आजसम्म करिब ५ बर्ष ८ महिना मात्र पुरा भएको छ । तर यो छोटो अवधीमै कार्यक्रमले अद्भूत उचाइ हासिल गरिसकेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम नेपालमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमध्ये अहिलेसम्मकै वृहत् हो र सर्वाधिक प्रभावकारी पनि ठहरिएको छ ।

आजका दिनसम्म ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम यति प्रभावकारी बनेको छ की नेपाल प्रहरी हजारौं विद्यालयमा पुगिसकेको छ, सात सय ५३ वटै स्थानीय तहमा समेत पुगिसकेको छ । हजारौं वडामा पुगेको छ । समाजको विभिन्न वर्ग, समुदाय र तहतप्कामा समेत पुगेको छ ।

यसअघि प्रहरीले ‘सामुदायिक प्रहरी’को नामले कार्यक्रम चलाएको थियो, त्योभन्दा पृथक अवधारणा साथ ल्याइएको ‘समुदाय प्रहरी साझेदारी’ अभियान छोटो समयमै  देशभर फैलिएको छ ।

समुदायसँग बसेर विकृति र विसंगसतिसँग लड्दै अपराध न्यूनीकरण गर्नमा यो कार्यक्रम एक हिसाबले प्रभावकारी समेत ठहरिएको छ ।

सात सय ५३ वटै स्थानीय तह तथा साझेदारको रुपमा त्रिभुवन विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेर शुरुवाती गरेको प्रहरी प्रधान कार्यालयले संरचना निर्माण र कार्यक्रम कार्यान्वयन गरिरहेको छ ।

सामुदायिक सुरक्षा साझेदारीमा स्थानीय तह, नेपाल प्रहरी, विभिन्न सामाजिक संघ संस्थाहरु, विद्यालय र समाजका लब्ध प्रतिष्ठित समाजसेवीहरुको समेत राम्रो सहभागिता रहेको छ ।

सामुदायिक सुरक्षाका लागि गाउँपालिका, वडा, टोल र विद्यालयमा हजारौं सुरक्षा समिति गठन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ती समितिले प्रहरीलाई सुरक्षा र अपराध अनुसन्धानमा सघाइरहेका छन् ।

समुदाय स्तरमा सुरक्षा उपकरणहरू जडान गर्न स्थानिय रुपमा अभिप्रेरित नगरिएसम्म वा Siren System लाई प्रहरीको आकस्मिक नम्बर १०० मा जोडी क्रमिक रूपमा GIS को माध्यमबाट प्रहरी कन्ट्रोल रूपमा Mapping गर्ने समेतको व्यवस्था नमिलाई पुरानै परिपाटीमा अघि बढे जतिसुकै ब्यबस्थित भनेपनि फितलो हुने र प्रभावकारी नहुने देखिन्छ ।ˮ

नेपाल प्रहरीले अहिले हासिल गरेको कार्यकुशलता र जनविश्वाशमा समुदाय प्रहरी साझेदारी कार्यक्रमको ठूलो योगदान रहेको मानिन्छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत नागार्जुनामा रहेको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचँगुनारायणले नागार्जुनका थुप्रै स्कुलहरुमा विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

लक्षित समूहलाई दिइने प्रशिक्षणमा सामाजिक कुरुती तथा लागुऔषध दुर्व्यसनीबाट समाजमा युवामा बढ्दो नकारात्मक भावलाई मेटाउन विद्यालयस्तरदेखी टोलसुधार तथा विभिन्न समितिसँग हातेमालो गरेर भएपनि  अभिमुखीकरण लगायतका कार्यक्रमहरु गरिराखेको छ ।

हुनत साइबर अर्थात् इन्टरनेटको माध्यमबाट गरिने हैरानी र धोकाधडी अहिले ठूलो सामाजिक समस्या बनिरहेको छ । इन्टरनेट आधारित सामाजिक सञ्जालको माध्यमबाट जिस्काउने, होच्याउने, विभिन्न जीवजनावरसँग मानिसको फोटो जोडेर अपमानजनक तरिकाले पोष्ट गर्ने समस्या न्यूनीकरणका लागि प्रहरीले विद्यालय स्तरबाट समेत चेतना जगाउन थालेको छ । यसका लागि सामुदायिक प्रहरीको टोलीले पछिल्ला दिनहरुमा विद्यालयहरुमा गएर विद्यार्थीहरुसँग अन्र्तक्रिया समेत गरिरहेको छ ।

साझेदारी अभियान अन्तर्गत प्रहरी–विद्यालय सम्पर्क कार्यक्रमको माध्यमबाट ‘साईबर सुरक्षा’ र ‘लागूऔषध नियन्त्रण’ बारे सचेत गराउन फिल्ड प्रशिक्षण समेत सञ्चालन गरिएको अवस्था छ ।

नेपालभर दुईसय भन्दा बढी सामुदायिक प्रहरी सेवा केन्द्रहरू स्थापना हुनुका साथै प्रशासनिक कार्यको लागि प्रहरी प्रधान कार्यालयदेखि जिल्ला प्रहरी कार्यालयसम्म १ सय भन्दा बढी सामुदायिक प्रहरी शाखाहरू समेत स्थापना भई निरन्तर रूपमा सामुदायिक गतिविधि गर्दै आईरहेका छन् ।

सामुदायिक प्रहरी सेवा केन्द्रको माध्यमबाट सुरक्षा सचेतना अभिवृद्धि गर्ने तथा अपराध रोकथाम गर्ने उद्देश्यले देशभर सामुदायिक प्रहरी सेवा केन्द्रहरू स्थापना गर्ने लक्ष्य राखेको भएतापनि साझेदारीका आधारभूत तत्वहरूको अभावका कारण सामुदायिक प्रहरी सेवा केन्द्रको अवधारणाले आशातित सफलता प्राप्त गर्न सकेको छैन ।

समुदायको सुरक्षाको आधार स्थानीय जनता नै हुन् भन्ने तथ्यलाई मनन् गर्दै अपराध रोकथाम गर्ने उद्देश्यले सामुदायिक प्रहरी सेवाको अवधारणा अनुरूप प्रत्येक जनताको घर दैलोमा सामुदायिक प्रहरी तथा कर्मचारी पुगी सुरक्षा सरोकारका विषयमा जनतालाई सुसूचित गराउने काम गरिरहेको छ ।

आम नागरिकहरूलाई छिटो, छरितो र सहज सेवा प्रदान गर्ने उद्देश्यले राज्यले तीन तहको सरकारलाई (केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार) जिम्मेवारीहरू बाँडफाँड गरी सेवा प्रवाह गर्दै आईरहेको छ ।

आजका दिनसम्म ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम यति प्रभावकारी बनेको छ की नेपाल प्रहरी हजारौं विद्यालयमा पुगिसकेको छ, सात सय ५३ वटै स्थानीय तहमा समेत पुगिसकेको छ । हजारौं वडामा पुगेको छ । समाजको विभिन्न वर्ग, समुदाय र तहतप्कामा समेत पुगेको छ ।ˮ

यसै सन्दर्भमा समुदायको शान्ति सुरक्षाको साझा जिम्मेवारी लिएका नेपाल प्रहरी र स्थानीय तहबीचको समन्वय र सहकार्य गर्ने देशव्यापी संयन्त्र स्थापना नभएको कारण दैनिक सेवा प्रवाह तथा आपसी समन्वयमा द्विविधा उत्पन्न महशुस गरिएको छ ।

हुन त समुदायको सुरक्षा सुदृढीकरणका लागि सम्बद्ध सरोकारवालाहरू सँग सहकार्य गरी सुरक्षाको दृष्टिकोणले सम्वेदनशिल र महत्वपूर्ण स्थानहरूमा CCTV लगायतका प्राविधिक सुरक्षा उपकरणहरू स्थापना तथा विस्तार गरिएपनि हालसम्म भएका CCTV हरूलाई एकीकृत अनुगमन प्रणालीमा विकास गरी समुदाय विशेषका गतिविधिहरू एकै स्थानबाट अनुगमन गर्न सक्ने व्यवस्थाको लागि पहल हुन नसक्दा घटना घटिसकेपछी मात्र प्रहरी वा स्थानीय समुदायले थाहा पाउने गरेको देखिन्छ ।

समुदाय स्तरमा सुरक्षा उपकरणहरू जडान गर्न स्थानिय रुपमा अभिप्रेरित नगरिएसम्म वा Siren System लाई प्रहरीको आकस्मिक नम्बर १०० मा जोडी क्रमिक रूपमा GIS को माध्यमबाट प्रहरी कन्ट्रोल रूपमा Mapping गर्ने समेतको व्यवस्था नमिलाई पुरानै परिपाटीमा अघि बढे जतिसुकै ब्यबस्थित भनेपनि फितलो हुने र प्रभावकारी नहुने देखिन्छ ।

सामुदायिक सेवा केन्द्र नागार्जुनले विभिन्न समयमा गरेका गस्तीको क्रममा प्रहरीले स्थानीय तहका प्रतिनिधिहरू, समुदायका सदस्य, टोल, समुह, संस्थाहरूसँग अन्तरक्रिया वा बैठकहरू गरिरहेको छ । त्यसैगरी खराब आचरण भएका व्यक्ति र अपराध उन्मुख व्यक्तिको बारेमा अभिलेख समेत राख्नुका साथै उनिहरूको क्रियाकलापको बारेमा समेत सम्बनधित निकायमा रहेका प्रहरीलाई सचेत गराईराखेको छ । विगत १५ बर्षको अनुभव र हालसम्म गरेका विभिन्न किशिमका जनचेतनामुलका कार्यक्रमहरुलाई मध्यनजर गरी सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नागार्जुनले प्रहरी साझेदारी कार्यक्रमलाई हरदम सघाईरहेको छ । लेखक- सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ईचँगुनारायण, नागार्जुन काठमाण्डौंका सल्लाहकार हुनुहुन्छ ।