सङ्घ

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने व्यवस्था छ । सङ्घीय संरचनाको सबैभन्दा माथिल्लो एकाइको रूपमा रहने सङ्घीय तहलाई सङ्घका रूपमा परिभाषित गरिएको छ । सङ्घीय सरकारलाई नेपाल सरकारको नामले पनि चिनिन्छ । नेपालको संविधानले अनुसूची ५ मा सङ्घको अधिकारको सूचीको व्यवस्था गरेको छ । त्यस्तो अधिकारको प्रयोग

संविधान र सङ्घीय कानुनबमोजिम हुने छ । त्यसैगरी अनुसूची ७ मा भएको साझा अधिकारको सूची र अनुसूची ९ बमोजिमको सङ्घ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूचीको प्रयोग पनि सङ्घमार्फ हुने गर्दछ । साथै, अवशिष्ट अधिकारको प्रयोग सङ्घीय सरकारले गर्ने व्यवस्था गरेको छ ।

प्रदेश

संविधानबमोजिम सङ्घीय एकाइमा विभाजन गरिएको नेपालको सङ्घीय एकाइको क्षेत्र र स्वरूपलाई प्रदेशका रूपमा परिभाषित गरिएको छ । नेपालको संविधानको अनुसूची ४ बमोजिम ७ प्रदेश र सम्बन्धित प्रदेशमा रहने जिल्लाहरूको बारेमा स्पष्ट गरेको छ । जसअनुसार सात प्रदेशलाई निम्नबमोजिम सङ्क्षिप्त चर्चा गरिएको छः

स्थानीय तह बजेटः स्थानीय स्रोत परिचालन प्राथमिकतामा : RajdhaniDaily.com

कोशी प्रदेश

यस प्रदेशको पूर्वतर्फभारतको पश्चिम बंगाल र सिक्किम राज्य, दक्षिणतर्फबिहार राज्य, उत्तरतर्फचीनको स्वशासित क्षेत्र तिब्बत तथा पश्चिमतर्फ मधेस प्रदेश र बागमती प्रदेश पर्दछन्। कोशी प्रदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी गरी १४ जिल्ला रहेका छन् । यस प्रदेशको ठुलो जिल्ला ताप्लेजुङ -३,६४६ वर्ग कि.मि.) र सानो जिल्ला तेह्रथुम -६७९ वर्ग कि.मि.) रहेका छन्। हाल यस प्रदेशको राजधानी विराटनगर -मोरङ) रहेको छ ।

 

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ११,९१,५५६ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ४९,६१,४१२ -पुरुष २४,१७,३२८ र महिला २५,४४,०८४ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, र्राई, लिम्बू, थारू, लेप्चा, तामाङ, गुरुङ, मेचे, कोचे, यादव, राजवंशीलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, मैथिली, किराँती, तामाङ, लिम्बू, गुरुङ, लेप्चा, मगर र थारू भाषा मुख्य रूपमा बोलिन्छन्।

मधेस प्रदेश

यस प्रदेशको पूर्वतर्फकोशी प्रदेश, दक्षिणतर्फभारत, उत्तरतर्फकोशी प्रदेश र बागमती प्रदेश र पश्चिमतर्फबागमती प्रदेश रहेका छन्। मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, र्सलाही, रौतहट, बारा र पर्सा गरी आठ जिल्ला रहेका छन्। यस प्रदेशको ठुलो जिल्ला सप्तरी -१,३६३ वर्ग कि.मि.) र सानो जिल्ला महोत्तरी -१,००२ वर्ग कि.मि.) हुन्। यस प्रदेशको राजधानी जनकपुर -धनुषा) रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ११,५६,७१५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ६१,१४,६०० -पुरुष ३०,६५,७५१ र महिला ३०,४८,८४९ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा यादव, गुप्ता, दास, थारू, राजवंशी, मुसलमान लगायतका जातिहरूको बसोवास रहेको छ, भने मैथिली, बज्जिका, अवधी, उर्दू, हिन्दी, थारू र नेपाली आदि भाषा बोलिन्छन्।

बागमती प्रदेश

यस प्रदेशको पूर्वतर्फकोशी प्रदेश, पश्चिमतर्फगण्डकी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फमधेस प्रदेश र भारत रहेका छन्। बागमती प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर, काठमाडौँ गरी १३ जिल्ला रहेका छन्। यस प्रदेशको ठुलो जिल्ला सिन्धुपाल्चोक -२,५४२ वर्ग कि.मि.) र सानो जिल्ला भक्तपुर -११९ वर्ग कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी हेटौँडा -मकवानपुर) रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा १५,७०,९२७ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ६१,१६,८६६ -पुरुष ३०,४८,६८४ र महिला ३०,६८,१८२ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा तामाङ, ब्राह्मण, क्षेत्री, नेवारलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, नेवारी, तामाङ भाषा मुख्य रूपमा बोलिन्छन्।

गण्डकी प्रदेश

गण्डकी प्रदेशको पूर्वतर्फ बागमती प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र लुम्बिनी प्रदेश, उत्तरमा चीन र दक्षिणतर्फलुम्बिनी प्रदेश र भारतको बिहार राज्यसँग सिमाना जोडिएको छ । गण्डकी प्रदेशमा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङ्जा, म्याग्दी, बागलुङ र नवलपरासी र्-बर्दघाट सुस्तापूर्व) गरी ११ जिल्ला रहेका छन्।

 

यस प्रदेशको ठुलो जिल्ला गोर्खा -३,६१० वर्ग कि.मि.) र सानो जिल्ला पर्वत -४९४ (वर्ग कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी पोखरा -कास्की) रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ६,६२,४८० परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या २४,६६,४२७ -पुरुष ११,७०,८३३ र महिला १२,९५,५९४ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, गुरुङ, मगरलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन्।

लुम्बिनी प्रदेश

यस प्रदेशको पूर्तर्फगण्डकी प्रदेश, पश्चिमतर्फ कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश उत्तरतर्फगण्डकी प्रदेश र कर्णाली प्रदेश र दक्षिणतर्फभारत पर्दछ ।

 

लुम्बिनी प्रदेशमा नवलपरासी र्-बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम -पूर्वी भाग), रोल्पा, प्युठान, दाङ, बाँके र बर्दिया गरी १२ जिल्ला रहेका छन्। यस प्रदेशको ठुलो जिल्ला दाङ -२,९५५ वर्ग कि.मि.) र सानो जिल्ला नवलपरासी बर्दघाट सुस्तापश्चिम -६३४.८८ वर्ग कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी भालुवाङ -दाङ) रहेको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ११,४१,९०२ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या ५१,२२,०७८ -पुरुष २४,५४,४०८ र महिला २६,६७,६७० रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, मगर, थारू, तामाङ, नेपाल, मुसलमानलगायतका जातिहरूको बसोवास छ भने नेपाली, थारू, अवधि, भोजपुरी, उर्दू, मगर भाषा मुख्य रूपमा बोलिन्छन्।

कर्णाली प्रदेश

कर्णाली प्रदेशको पूर्वतर्फगण्डकी प्रदेश र लुम्बिनी पर्दछ । पश्चिमतर्फ सुदूरपश्चिम प्रदेश र चीन, उत्तरतर्फचीन र दक्षिणतर्फलुम्बिनी, सुदूरपश्चिम प्रदेश रहेको छ ।

 

कर्णाली प्रदेशमा रुकुम -पश्चिम), सल्यान, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, जाजरकोट, दैलेख र सुर्खेत गरी १० जिल्ला रहेका छन्। यस प्रदेशको ठुलो जिल्ला डोल्पा -७,८८९ वर्ग कि.मि.) र सानो जिल्ला रुकुम पश्चिम -१,२१३.४९ वर्ग कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी वीरेन्द्रनगरको सुर्खेतमा रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ३,६६,२५५ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या १६,८८,४१२ -पुरुष ८,२३,७६१ र महिला ८,६४,६५१ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, ठकुरी, क्षेत्री, शेर्पा, गुरुङ, मगरलगायतका जातिहरूको बसोवास रहेको छ भने नेपाली, गुरुङ, मगर भाषा मुख्य रूपमा बोलिन्छन्।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको पूर्वतर्फकर्णाली प्रदेश र लुम्बिनी प्रदेश, पश्चिमतर्फभारत, उत्तरतर्फकर्णाली प्रदेश र चीन तथा दक्षिणतर्फभारत पर्दछ । सुदूरपश्चिम प्रदेशमा बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर र कैलाली गरी ९ जिल्ला रहेका छन्। यस प्रदेशको ठुलो जिल्ला बझाङ -३,४२२ वर्ग कि.मि.) र सानो जिल्ला बैतडी -१,५१९ वर्ग कि.मि.) रहेका छन्। यस प्रदेशको राजधानी गोदावरी -कैलाली) रहेको छ ।

 

राष्ट्रिय जनगणना २०७८ का अनुसार यस प्रदेशमा ५,७७,१०२ परिवार सङ्ख्या छ भने कुल जनसङ्ख्या २६,९४,७८३ -पुरुष १२,७२,७८६ र महिला १४,२१,९९७ रहेको छ । जातीय तथा भाषिक विविधता रहेको यस प्रदेशमा मुख्य रूपमा ब्राह्मण, क्षेत्री, ठकुरी, थारू जातिहरूको बसोवास रहेको छ भने डोटेली, खस, थारू भाषा मुख्य रूपमा बोलिन्छन्।

नेपालका स्थानीय तह

नेपाल सरकारले नेपाललाई ७५३ स्थानीय तहमा विभाजन गरेको छ । जसअनुसार महानगरपालिका ६, उपमहानगरपालिका ११, नगरपालिका २७६ र गाउँपालिका ४६० रहेका छन् ।