नेपालको सामाजिक, राजनीतिक तथा सांस्कृतिक क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाएका मछिन्द्र राज आचार्य एक समाजसेवी, कुशल पत्रकार तथा संगीतप्रेमी व्यक्तित्व हुन्। उनले आफ्नो जीवनभर समाज, सञ्चार र संस्कृतिको उन्नयनका लागि अथक परिश्रम गर्दै आएका छन्।

प्रारम्भिक जीवन र शिक्षा

नुवाकोट जिल्लाको ककनी गाउँपालिका-३, साविक चाउथे गाविस वडा नं १ मा करिब ४३ वर्ष अघि जन्मिएका मछिन्द्र राज आचार्य बाल्यकालदेखि नै अध्ययनशील, जिज्ञासु र सामाजिक कार्यमा अभिरुचि राख्ने विद्यार्थी थिए । शिक्षा प्राप्त गर्न उनले कालिका निमावि चाउथेबाट प्राथमिक तहको अध्ययन पूरा गरे । निम्न माध्यामिक तह उनले हेटौडाको भुटनदेवी माध्यामिक विद्यालय हेटौडा हुँदै  विरेन्द्र माध्यामिक विद्यालय, बेलकोट गढी नगरपालिका वडा नं २ साविक कुमरी नुवाकोटबाट माध्यामिक तह (एस.एल.सी) हासिल गरेका छन् ।

प्रारम्भिक तथा उच्च शिक्षा

शिक्षाको प्रति गहिरो अभिरुचि राख्ने आचार्यले आफ्नो शैक्षिक यात्रा रत्नराज्य बहुमुखी क्याम्पस (RR) बाट सुरु गरे। केही समय त्यहाँ अध्ययन गरेपछि, उनले मनोहर बहुमुखी क्याम्पस, गोंगबु बाट प्रविणता प्रमाणपत्र (Intermediate Level – PCL) पूरा गरे।

तर, उनको जिज्ञासु मस्तिष्कले यहीँ रोकिएन। शिक्षा शास्त्रको गहिरो अध्ययन गर्ने चाहना र हुटहुटीले उनलाई महेन्द्ररत्न बहुमुखी क्याम्पस, तहाचल तर्फ डोर्यायो। त्यहाँबाट उनले शिक्षाशास्त्र (Education Faculty) मा  स्नातक तह अध्ययन पूरा गरे।

कानूनी अध्ययनमा रुचि र विधिवत् शिक्षा

समाजको भलाइका लागि कानूनी ज्ञान आवश्यक छ भन्ने बुझेर, उनले नेपालकै प्रतिष्ठित कानूनी शिक्षालय नेपाल ल क्याम्पस, प्रदर्शनीमार्गबाट एलएलबी (Bachelor of Laws) सम्म अध्ययन गरे। यो अध्ययनले उनलाई न्यायिक प्रक्रिया, संवैधानिक कानुन, नागरिक अधिकार, र कानूनी प्रणालीबारे गहिरो समझ दियो।

कानूनी ज्ञान प्राप्त गर्नुको मूल उद्देश्य न्यायको पक्षमा उभिनु, समाजका पीडित र शोषित वर्गका लागि आवाज उठाउनु थियो। उनको अध्ययनको आधारभूमिले उनलाई समाज सुधारको क्षेत्रमा अझ सशक्त बनायो।

स्नातकोत्तर तह र विश्लेषणात्मक अध्ययन

शिक्षालाई निरन्तर अघि बढाउने संकल्पसहित, उनले त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी तथा समाजशास्त्र संकाय बाट राजनीतिशास्त्रमा स्नातकोत्तर (Master’s in Political Science – MA) उत्तीर्ण गरे।

राजनीतिशास्त्रमा उच्च शिक्षा हासिल गर्नुको कारण केवल शैक्षिक उपलब्धि मात्र थिएन। राजनीतिक प्रणालीको सूक्ष्म विश्लेषण, समाजको शक्ति संरचना बुझ्न, तथा प्रभावकारी नीतिहरू विकास गर्न उनले यो अध्ययन गरेका थिए।

यो अध्ययनले उनलाई राजनीतिक दर्शन, नीति निर्माण, कूटनीति, तथा सामाजिक रूपान्तरणका लागि आवश्यक ज्ञान र विश्लेषणात्मक क्षमता प्रदान गर्यो।

समाजसेवा, नेतृत्व र परिवर्तनका संवाहक

नेपालको सामाजिक, पत्रकारिता, संगीत र परोपकारी अभियानमा एक चम्किलो नक्षत्रका रूपमा परिचित मछिन्द्र राज आचार्य आफ्नो अथक परिश्रम, समर्पण र नेतृत्वद्वारा समाजसेवामा एउटा अनुपम उदाहरण बनेका छन्। विशेषगरी लायन्स क्लब अफ काठमाडौं हेरिटेज धरहरा मार्फत उनले निरन्तर सात वर्षभन्दा बढी समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्।

नेतृत्व र समाजसेवाको उत्कर्ष यात्रा

समाजसेवाप्रति गहिरो समर्पण र सेवाभाव बोकेका आचार्य २०१८-१९ मा साधारण सदस्यका रूपमा लायन्स क्लबमा आबद्ध भए। तर, उनको दृढ इच्छाशक्ति, कुशल व्यवस्थापन क्षमता र समाज रूपान्तरण गर्ने अठोटका कारण केही वर्षभित्रै उनी संगठनको मेरुदण्डका रूपमा स्थापित भए।

२०१८-१९: सदस्यको रूपमा प्रवेश
२०१९-२०: क्लब सचिवका रूपमा उल्लेखनीय भूमिका
२०२०-२१: तृतीय उपाध्यक्षका रूपमा प्रभावशाली कार्यसम्पादन
२०२१-२२: द्वितीय उपाध्यक्षका रूपमा संस्थाको नेतृत्वलाई नयाँ उचाइ
२०२२-२३: प्रथम उपाध्यक्ष हुँदै महत्वपूर्ण निर्णयहरूको सूत्रधार
२०२३-२४: क्लबको अध्यक्ष (President) भएर समाजसेवाका उत्कृष्ट पहलहरू अगाडि सारे
२०२४-२५: क्लबका आईपीपी (Immediate Past President) तथा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको जोन चियरपर्सन का रूपमा कार्यभार सम्हाल्दै उल्लेखनीय योगदान

उनको नेतृत्वमा क्लबले आयोजना गरेका सवा करोड दीप प्रज्वलन, स्वास्थ्य शिविर, शिक्षा प्रवर्द्धन, रक्तदान कार्यक्रम, खाद्यान्न वितरण, विपन्न समुदायलाई सहयोग, वातावरण संरक्षण, दुर्घटनास्थलमा क्षमापुजा जस्ता थुप्रै समाजोपयोगी अभियानहरू सञ्चालन गर्यो।

समाजसेवामा अग्रणी योगदान

मछिन्द्र राज आचार्यले समाजसेवालाई केवल एउटा कार्य मात्र नभई आफ्नो जीवनको उद्देश्य बनाएका छन्। लायन्स क्लबको नेतृत्व लिँदै गर्दा उनले थुप्रै महत्वपूर्ण सामाजिक परियोजनाहरू सञ्चालन गरे, जसमा

🔹 स्वास्थ्य सेवा: ग्रामीण क्षेत्रहरूमा बृहत स्वास्थ्य शिविर, निःशुल्क औषधि वितरण, दाँत उपचार, आँखाको उपचार तथा रक्तदान कार्यक्रम।
🔹 शिक्षा प्रवर्द्धन: असहाय एवं विपन्न विद्यार्थीहरूलाई छात्रवृत्ति, शैक्षिक सामाग्री वितरण तथा विद्यालय सुधार अभियान।
🔹 आपतकालीन सहयोग: आगलागी, भूकम्प पीडित तथा बाढी पहिरो प्रभावित समुदायलाई राहत सामाग्री वितरण ।
🔹 वातावरणीय पहल: वृक्षारोपण, सरसफाइ अभियान तथा हरित काठमाण्डौं निर्माण अभियान।

उनको नेतृत्वमा क्लबले एक दर्जनभन्दा बढी महत्वपूर्ण परियोजनाहरू सम्पन्न गर्यो, जसले हजारौं व्यक्तिहरूलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्यो।

पत्रकारितामा उत्कर्ष यात्रा

पत्रकारिता एक सामान्य रुचिको विषय मात्र नभई उनको जीवनको अभिन्न अंश बन्यो। २०५५ शालदेखी नै पत्रकारितामा प्रवेश गरेपछि उनले नुवाकोटबाट प्रकाशित रुपरेखा साप्ताहिक, नुवाकोट सन्देश, राजधानी आवाज जस्ता आधा दर्जन विभिन्न पत्रपत्रिकामा लेखन यात्रा सुरु गरे।

कान्तिपुर दैनिक, एचबिसी एफएम, र जनआस्था साप्ताहिक मा कलम चलाउँदै, सत्य तथ्यलाई उजागर गर्दै, समाजलाई सही दिशा निर्देश गर्न उनले कुनै कसर बाँकी राखेनन्। नेपालको ग्रामीण भेग (मोफसल)मा बसेर पत्रकारितामा क्रियाशील रहँदा उनले २०५८ शालमै नेपाल प्रेस युनियन सचिवको जिम्मेवारी समेत बहन गरे। पत्रकारितामार्फत उनले समाजमा सचेतना फैलाउने, अन्यायको विरुद्ध आवाज उठाउने र जनताको आवाज सरकारसमक्ष पुर्याउने कार्य गर्दै आईरहेका छन्।

उनको लेखनी केवल समाचार प्रकाशनका लागि मात्र थिएन, समाज परिवर्तनको लागि एउटा सशक्त अभियान थियो। उनका कलमले थुप्रै सशक्त समाचारहरू सम्प्रेषण गरे, जसले भ्रष्टाचार, सामाजिक विकृति र अन्यायको पर्दाफास गर्यो।

राजनीति र सामाजिक योगदान

समाज परिवर्तनको लागि मात्र पत्रकारिता पर्याप्त थिएन। त्यसैले, उनले राजनीतिक र सामाजिक अभियानहरू मा सक्रिय रूपमा संलग्न हुन थाले। उनले नुवाकोटलगायत विभिन्न स्थानहरूमा शिक्षा, जनचेतना, मानव अधिकार र सामाजिक सुधारका अभियानहरू संचालन गरे। समाजको हितका लागि उनले समय, श्रम र सीपलाई पूर्ण रूपमा समर्पित गरे।

उनले निर्वाचन अभियानदेखि नीति निर्माणसम्म, सामाजिक अभियानदेखि परोपकारी सेवासम्म विभिन्न तह र तप्कामा महत्वपूर्ण भूमिका खेलेका छन्। शिक्षाको प्रवर्द्धन, गरिब तथा विपन्न समुदायको उत्थान, भ्रष्टाचार विरोधी अभियान र युवा सशक्तीकरण उनका प्रमुख प्राथमिकताहरू हुन्।

संगीतप्रेम र सांस्कृतिक योगदान

पत्रकारिता र सामाजिक सेवामा सक्रिय भए पनि संगीत भने उनको आत्मा जस्तै हो। जीवनभर समाजका विभिन्न क्षेत्रहरूमा योगदान दिँदै गर्दा पनि उनले संगीतलाई कहिल्यै बिर्सेनन्।

उनले नेपाली सांगीतिक पहिचानलाई जोगाउन, नयाँ पुस्तालाई संगीतप्रति आकर्षित गर्न र सांस्कृतिक जागरण ल्याउन निरन्तर प्रयास गरिरहेका छन्। संगीतका माध्यमबाट समाजमा चेतना फैलाउने उनको सोचले उनलाई अझ फरक बनाएको छ।

निष्कर्ष: 

मछिन्द्र राज आचार्य पत्रकारिता, संगीत, राजनीति र समाजसेवा सबै क्षेत्रमा एक अथक रुपमा कृयाशिल व्यक्तित्व हुन्। उनी लायन्स क्लबमा मात्र सीमित नभई, सामाजिक न्याय, मानव अधिकार, युवाहरूको सशक्तीकरण र शिक्षाको प्रवर्द्धनमा समेत निरन्तर योगदान दिइरहेका छन्। त्यसैले उनी केवल नाम मात्र होइन, समाजसेवा, पत्रकारिता, राजनीति र संगीतको संगम हुन्।