विश्वभर हाल ८०० भन्दा धेरै लायन्स अन्तराष्ट्रिय डिस्ट्रिक्टहरु कायम रहेका छन् । ती मध्ये नेपालका १५ वटा डिस्ट्रिक्ट पनि एक हो । लायन्स अन्तरराष्ट्रियको मिसनमा उत्कृष्ट भूमिका खेलेबापत पछिल्लो तीन महिनामा नेपालका पनि उत्कृष्ट घोषित भएका छन् । विश्वभर रहेका लायन्स धेरै डिस्ट्रक्ट मध्ये डिस्ट्रिक्ट ३२५ “आईˮ र “केˮ नेपालले धेरै भन्दा धेरै क्लब खोलेर विश्वमा सबैभन्दा बढी क्लब खोल्ने डिस्ट्रिक्टमा आफ्नो नाम दर्ज गराएको छ । लायन्स अन्तराष्ट्रियले यो वर्षलाई ‘मिसन १.५’ भनेर शुरू गरेको छ । ‘जति धेरै सदस्य भयो त्यति धेरै सर्भिस गर्न सकिन्छ भन्ने मान्यताका साथ लायन्सले १५ लाख सदस्य थप्ने योजना अनुसार यो मिसन शुरू गरेको हो । नेपालमा पनि ‘मोर एण्ड मोर सर्भिस’को अवधारणा अनुसार काम गर्दै आएको छ ।

सामाजिक काम गरेर पनि ‘सर्भिस र रिर्पोटिङको आधारमा विश्वभरका अन्य डिस्ट्रिक्टभन्दा नेपालका लायन्स डिस्ट्रिक्ट पनि अगाडि आएको छ । यो एउटा सुखद पक्ष हो भन्दा फरक नपर्ला । हुन त लायन्सले सर्भिसलाई बढी नै प्राथमिकता दिन्छ, सदस्यता विस्तारसँगै नेपालका लायन्स क्लबले गरेका गतिविधि पनि उत्कृष्ट सावित भएका छन् । ‘फण्ड रेइजमा हाम्रो जस्तो मुलुकले गति लिन सक्नु चानचुने कुरो हैन । त्यसबाहेकमा पनि यति सानो मुलुकमा ५२ बर्षको इतिहासमा अन्य ठुला र शक्तिशाली मुलुकुहरुलाई उछिन्दै शिर्ष ५ भित्र नेपालका डिस्ट्रिक्टहरु हुनु एउटा गर्भको कुरा हो ।

नेपालमा खोलिएका अधिकांस लायन्स क्लबले पहिलो प्राथमिकतामा देश र त्यसपछि मात्र लायन्सलाई लिएको छ ।  विश्वभरका १४ लाख बढी लायन्सका सदस्यलाई नेपाल उत्कृष्ट भनेर चिनाउन सफल भएको छ । पछिल्लो आकडालाई हेर्ने हो भने नेपालमा हाल कायम रहेका १५ वटा डिस्ट्रिक्टका २२ सय बढी क्लबहरु तथा त्यस अन्तर्गतका ४४ हजार ५०० बढी सदस्यहरुको अथक परिश्रमले यो आफ्नो सेवामुखी हातसँगै नाम पनि राख्न सफल भएको छ । यसमा कुनै एउटा क्लब र डिस्ट्रिक्टको मात्र भूमिका होइन । यसमा कुनै पनि डिस्ट्रिक्टको एक्लो प्रयासभन्दा पनि डिस्ट्रिक्टको टिम, सम्पूर्ण क्लबको सक्रियता र सुभेच्छुकको साथ र सहयोगबाट सम्भव भएको हो । उपलब्धिका हिसावले यो नेपालकै ठुलो फड्को हो ।

पछिल्लो आकडालाई हेर्ने हो भने नेपालमा हाल कायम रहेका १५ वटा डिस्ट्रिक्टका २२ सय बढी क्लबहरु तथा त्यस अन्तर्गतका ४४ हजार ५०० बढी सदस्यहरुको अथक परिश्रमले यो आफ्नो सेवामुखी हातसँगै नाम पनि राख्न सफल भएको छ ।

यहाँ धेरै क्लबहरु सर्वोत्कृष्ट भईरहेका हुन्छन् । डिस्ट्रिक्ट गभर्नरको सक्रियता र अभिभावकत्वले हामीलाई सक्रिय रहन हौसला मिल्दै आएको छ । डिस्ट्रिक्ट ३२५ के नेपालको नेतृत्व महिला मैत्री छ । यो डिस्ट्रिक्टमा गर्भनर सुचित्रा थापासँगै प्रथम भाइस गर्भनर निरा बज्राचार्य र कोषाध्यक्ष दुर्गा ढकाल एउटा उदाहरण पात्र हुन् । हालै मात्र निर्वाचित हुनुभएका अन्तराष्ट्रिय डाइरेक्टर बालकृष्ण बुर्लाकोटीको मदर डिस्ट्रिक्टका रुपमा ख्याती कमाएको डिस्ट्रिक्ट ३२५ के नेपाल हाल कायम रहेका १५ वटा डिस्ट्रिक्ट मध्य निकै नै चलायमान देखिएको छ ।

हाल यो डिस्ट्रिक्ट अन्तर्गत १६३ वटा क्लबहरु सञ्चालमा रहेका छन् । त्यसैगरी यी क्लबहरुमा हाल ३७५५ सदस्यहरु कायम रहेका छन् । नयाँ क्लब स्थापनासँगै सदस्यहरु पनि थपिने क्रम चलिरहेको छ । महिलाको हात महिलाको साथदेखी आफ्नै लायन्स भवन बनाउन कृयाशिल डिस्ट्रिक्टले पछिल्लो जाजरकोट-रुकुममा गएको भुकम्पका कारण धनजनको क्षतिमा पनि आफ्नो डिस्ट्रिक्टको तर्फबाट राहत सामाग्रीको अलावा आर्थिक सहयोग समेत संकलन गरी वितरण समेत गरेको छ ।

क्लब धेरै खोलेर पछिल्लो चार महिनामा डिस्ट्रिक्ट ३२५ आईले विश्वकै उत्कृष्ट डिस्ट्रिक्ट घोषित भएपनि पुराना क्लबलाई ड्रप हुनबाट जोगाउने तथा लायन्स अन्तराष्ट्रियको स्लोगानलाई जोगाउन “लिड टु चेन्जˮको नारा बोकेको डिस्ट्रिक्ट ३२५ के नेपाल नमुनादायी देखिएको छ । यद्दपी क्लबका पुराना सदस्यहरुलाई कृयाशिल गराउने मात्र नभएर गाँउ गाँउमा क्लब केन्द्रित डिस्ट्रिक्ट ३२५ के नेपालले विगतमा खोलिएका हरेक क्लबलाई नमुना महिला क्लबको रुपमा समेत विकास गरिरहेको छ । जसको परिणाम स्वरुप हाल यो डिस्ट्रिक्टमा गर्भनर सुचित्रा थापा आफु मात्र नभई सिङ्गो क्लबहरुलाई नै नेतृत्व प्रदान गर्दै आइरहनुभएको छ ।

अहिलेसम्म नेपालमा आफ्नो नामको अगाडी लायन्स लेख्ने र पहेँलो ज्याकेट लगाउनेको सख्या दिन दुगुना रात चौगुना बढीरहेको छ । कही न कही सामाजिक सेवा गर्न र आफ्नो नाम लेखाउन तछाड मछाड गर्न नेपालीहरु लायन्सको छातामुनी कृयाशिल भइरहेका छन् । हुनत लायन्स भनेको विविधताले भरिएको साझा संस्था पनि हो । यसले एउटा मात्र बिषय समेटेर काम गर्दैन । जहाँ आवश्यकता छ, समस्या पर्छ, त्यहाँ लायन्सले काम गर्दछ । त्यसैले भनिन्छ नि “जहाँ“ आवश्यकता, त्यहाँ“ लायन्स” अनवरत रुपमा लायन्समा लागेर समुदायमा स्थायी छाप छोड्न सफल भएका साथीहरु, अँझ भनौ जुनसुकै परिस्थितिका बाबजुद पनि आफुलाई सामाजिक कार्यमा समाहित गर्ने सुन्दर मन र सकारात्मक सोच भएका व्यक्तिहरुसँगको निकटता र आफु जस्तै लायन्स साथीहरुले गरेका कामबाट समग्र लायन्सको नै प्रशंसा भएको खबर सुन्दा छाती गर्वले फुल्ने गर्दछ ।

लायन्समा लागेपछि नै थाहा भयो कि यसको १०३ बर्षको इतिहास त्यसै कायम भएको रहेनछ । त्यसै १४ लाख लायन्स सदस्य भएका रहेनछन् । लायन्स भन्ने वित्तिकै सामाजिक काम गर्ने अन्तर्राष्ट्रिय संस्थाको रुपमा चिनिन्छ । तर त्यो मात्र नभएर नेतृत्व विकासका साथै फेलोसिपको लागि पनि महत्वपूर्ण प्लेटफर्मको रुपमा लायन्स रहेको मैले बुझेको छु । सामाजिक काम गर्ने मात्र नभएर नेतृत्व विकास र फेलोसिपका लागि लायन्समा लाग्ने व्यक्तिहरुको जमात पनि ठूलै रहेको छ । लायन्स क्लवमा लागेर काम गर्दा प्राप्त हुने आनन्द,  नेतृत्व विकास र फेलोसिपका कारणले आफुमा भएको सकारात्मक परिवर्तन र अरुले आफ्ना बारेमा कुरा गर्दा अहिले निकै आनन्दको अनुभूती हुन्छ ।

लायन्स भन्ने वित्तिकै सामाजिक काम गर्ने अन्तर्राष्ट्रिय संस्थाको रुपमा चिनिन्छ । तर त्यो मात्र नभएर नेतृत्व विकासका साथै फेलोसिपको लागि पनि महत्वपूर्ण प्लेटफर्मको रुपमा लायन्स रहेको मैले बुझेको छु ।

संगठन जति ठूलो हुन्छ, त्यसका बारेमा सकारात्मक कुराहरुका साथमा नकारात्मक कुराहरु पनि आउने गर्छन । त्यो स्वभाविक पनि हो । यति धेरै सदस्य भएको र लामो इतिहास बोकेको अन्तर्राष्ट्रिय संस्था विरलै पाइन्छ । लायन्स एउटा अनुशासित पद्धतिबाट चलेको संस्था हो । बेलाबखत मिडियामा आउने नकारात्मक समाचारहरुले हामी समुदायमा काम गर्ने, स्वतःस्फूर्त रुपमा पब्लिक भोलिन्टियरको रुपमा काम गर्नेहरुको लागि सामान्य कुरा भएता पनि नमिठो लाग्दो रहेछ । हामी लायन्समा लागेर एक दशक भन्दा बढीको समय व्यतित गरिसक्दा धेरै अनुभवहरु हाँसिल गरिसकेका छौं । हामीलाई राम्रो लागेर नै परिवारका सदस्य र नजिकका साथीभाईहरुलाई यो संस्थामा आमन्त्रण गरिरहेका पनि छौं।

लायन्सहरुले आपसी समन्वयमा क्लवका साथीहरु मिलेर नै आवश्यकताको जोहो गरेर आवश्यक परेको ठाँउमा सेवाका कार्यहरु गरिरहेका हुन्छन् । त्यो केवल आत्मसम्मान र आत्मसन्तुष्टिको लागि मात्र हो । यसका अलावा यो अन्तर्राष्ट्रिय संस्थामा लागिसकेपछि यसको नेतृत्व गर्ने ईच्छा जागृत हुनु र त्यसका लागि हुने रसाकसीलाई हामीले प्रजातान्त्रिक पद्धतिको एउटा नमूनाको रुपमा नै लिनुपर्छ । समग्रमा लायन्स हुनुमा गर्वको महसुस गरेको छु । यसमा लागेर गरिने समाजसेवा, त्यसबाट प्राप्त हुने आत्मसन्तुष्टि र आत्मसम्मानले लायन्समा लागेर अरु काम गर्नका लागि मनलाई थप अभिप्रेरित गरिरहन्छ ।